दाङ,माघ २१ । प्रदेश नं. ५ प्रहरी कार्यालय तुलसीपुर दाङले आयोजना गरेको प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगिता मंगलवार सकिएको छ । प्रतियोगिता अन्तरगत ओपन डबल्समा हरि केसी र केशवराज बुढा मगरको टिम प्रथम भएको छ । मंगलवार भएको फाईनल खेलमा विनोद शाह र सफिक इद्रिसीको समुह दृतिय भएको छ ।
माघ १८ गतेदेखि २१ गतेसम्म चलेको प्रतियोगिता अन्तरगत भेट्रान डबल्समा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत एसएसपी नरबहादुर केसी र दाङ जिल्ला ब्याटमिन्टन संघका सचिव लालबहादुर केसीको जोडी प्रथम हुन सफल भएको छ ।
यो स्पर्धामा दाङ जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष भास्कर मजगैंया र मोहन पुरीको जोडी दृतिय भयो । त्यसैगरी खुल्ला डबल्स तर्फ विक्रम घर्ती र सञ्जिव श्रेष्ठको टोली तृतिय भएको छ । यो जोडीले भिमलाल विक र तिलकजंग वलीलाई पराजित गरेको थियो ।
भेट्रान डबल्स तर्फ जगत शाह र यकेन्द्र शाहको जोडी तृतय हुन सफल भएको छ । प्रदेश नं. ५ प्रहरी कार्यालय तुलसीपुुरको दाङको आयोजना र दाङ जिल्ला व्याटमिन्टन संघको संयोजनमा भएको प्रदेशस्तरिय प्रतियोगितामा प्रदेशका दश जिल्लाका प्रहरी र दाङका स्थानीय खेलाडीहरुका बीचमा प्रतिपर्धा भएको थियो ।
रोल्पा र रुकुम जिल्ला भने प्रतियोगितामा सहभागि नभएको व्याटमिन संघका सचिव लालबहादुर केसीले जानकारी दिए ।
प्रतियोगिता तुलसीपुरस्थित संघीय प्रहरी कार्यालयमा रहेको व्याटमिन्टन कोर्टमा भएको हो । प्रतियोगितामा प्रथम हुने ओपन डबल्सको टिमलाई ३० हजार, भेट्रान डबल्समा प्रमथ हुने टिमलाई २० हजार, दुबै विधामा दृतिय हुने टिमलाई १५ हजार र तृतिय हुने टिमलाई १० हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
सामाजिक सदभाव बढाउन खेलकुद आवश्यक – डिआईजी शाह
समापन कार्यक्रमलाई सम्वोधन गर्दैै प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआईजी सुरेन्द्र विक्रम शाहले यस्ता प्रतियोगिताहरुले सामाजिक रुपमा सदभाव र भाईचार अभिवृद्धी गर्न सहयोग पुग्ने तर्क गरे । खेलकुदले मानिसमा स्फूर्ती, ताजगी भर्नुको साथै निरोगी बनाउन भूुमिका खेल्ने उनले बताए । हरेक समुदायमा समय÷समयमा यस्ता प्रतियोगिता हरु हुन सके त्यसले युवाहरुलाई दुव्र्यसनी हुन वाट जोगाउन सक्ने उनले विश्वास गरे ।