२०८१ असार २९ गते शुक्रवार

गीत संगितलाई दरिलो बनाउन मौलिकता चाहिन्छ – प्रमोद खरेल


दाङ,माघ २१ । लोकप्रिय गायक प्रमोद खरेलले नेपाली गीत संगितर्लाइ थप दरिलो बनाउन अझैंपनि मौलिकता बोकेका गीतहरु आउन आवश्यक रहेको बताएका छन् ।चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गायक खरेलले नेपाली माटो सुहाउँदो, मौलिक, कला संस्कृति र विभिन्न जातजातिका गीतहरु थप आउनु जरुरी रहेको बताए ।

‘गीत संगितमा ठूलो शक्ति छ,’ खरेलले भने ‘तर,त्यसका लागि माटो सुहाउँदा मौलिक गीत संगित अझैं आउन जरुरी छ।’ गीत संगितमा ठूलो शक्ति र उर्जा भएकै कारण एउटा लामो सिनेमा निर्माण गर्दा पाँच मिनेटको गीतमा समेत निर्माताले व्यापक खर्च गर्ने गरेको बताए ।

कार्यक्रम चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षमा भएको हो भने सहजिकरण उपाध्यक्ष सञ्तोष केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *