२०८० चैत्र १६ गते शुक्रवार

सुर्य पश्चिमबाट उदाएपछि म बुढो हुनेछु : राजेश हमाल


तुलसीपुर, माघ ११। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कालो कपाल, जिन्स पायन्ट र सर्टमा उपस्थीत भएका नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले आफु बुढो नभएको अभिव्यक्ति दिए । ठट्टाकै शैलिमा हमालले आफु कलाकारीता क्षेत्रमा बुढो नहुन अभिव्यक्ति दिए । ‘सुर्य पश्चिमबाट उदाएको दिन मात्र म बुढो हुने छु भन्ने लाग्छ,’चलचित्र पत्रकार संघ दाङको आतिथ्यमा भएको पत्रकार सम्मेलनमा महानायक हमालले भने । साथै उनले कलाकारीतालाइ जिवन्त राख्ने सवालमा आफु सधै लागीरहने पनि अभिव्यक्ति दिए ।

‘कलाकारीता जिवन्त हो, अमृत पनि हो’, त्यसैले मैले पनि कहिल्यै विश्राम नलिने अभिव्यक्ति दिए। शकुन्तला पछि फिल्मको पर्दामा नफर्किएका हमालले अब छिट्टै फिल्म गर्ने तयारीमा रहेको पनि बताए। पत्रकारले अब तपाईंले गर्ने फिल्ममा तपाईंकै निर्देशन हुन्छ कि यसमा पनि अरुकै एक्सन कट हुन्छ ? भन्ने जिज्ञासामा राजेशले भने धर्य गर्नुहोस् यसको औपचारिक घोषणा अब छिट्टै हुन्छ।

चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा हमालले चलचित्र पत्रकार संघ नेपाल,दाङले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा मोफसल रहेर खेलेको भुमिकाको प्रसंशा गर्दै आफू जहिले दाङ आउदा पनि संघले आफुलाई सम्मान गरेकोमा संघप्रती हमालले धन्यवाद समेत ज्ञापन गरे। चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोस केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *