२०७७ असोज १३ गते मङ्गलवार

विप्लवका कार्यकर्ता पक्राउ

दाङ, माघ ९ । प्रहरीले प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटी निवासी ३५ बर्षीय रेशम विकलाई विहीवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार विक विप्लव नेकपाका दलित मुक्ति मोर्चाका जिल्ला सचिव हुन । पक्राउ पछि बिकलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *