२०८१ असोज २९ गते मङ्गलवार

घोराहीमा ‘समानान्तर स्वरहरु’ कार्यक्रम हुने


घोराही, माघ ८ । साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्दै आएको उदाहरण समुह, नेपालले विहीबार घोराहीमा ‘समानान्तर स्वरहरु’ शिर्षकको कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रममा महिला आन्दोलन, समावेशी, लेखनमा महिला सहभागिता, महिला उद्यमशीलता र सशक्तिकरण, जागरण र आर्थिक न्याय लगाएतका विषयमा महिला आन्दोलनमा लामो समय काम गरेका अधिकारकर्मीसंग बहस हुने छ ।

महिला आन्दोलनमा पत्रकारिताको माध्यमबाट काम गर्दै आएका भएका पत्रकार तथा महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय सचिव लक्ष्मी आचार्य, महिला सशक्तिकरणका लागि सामाजिक तथा आर्थिक जागरणमा लामो समयदेखि काम गर्दै आएकी विमला योगी र हिंसा पीडित महिलाहरुको न्यायका लागि काम गर्दै आएकी सक्षम महिला सामुदायिक संस्थाका अध्यक्ष रचना सुबेदीसँग बहस हुने उदाहरण समुह, नेपालका अभियान्ता नवीन अभिलाषीले बताए । बहस कार्यक्रमको सहजिकरण सुन्दर गौतमले गर्ने तय भएको छ ।

त्यस्तै महिला अधिकार, समानता र सशक्तिकरणका लागि महिला श्रष्टाहरुले कविता बाचन गर्ने भएका छन् । कविहरु शारदा शर्मा, सन्ध्या रेग्मी, संगीत मगर र आशा वलीले कविता बाचन गर्ने छन् । सामाजिक रुपान्तरणका लागि ाहित्यका माध्यमबाट दाङ, प्यूठान, रोल्पा, सल्यान, बाँके लगाएतका युवाहरुले उदाहरण समुह सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *