२०८२ असार ३१ गते बुधवार

प्रथम खुला फुटसल को उपाधी ज्ञानज्योतिलाई


लक्ष्मण बस्नेत ,
माघ ४ । दाङको तुलसीपुरमा संचालित खुला फुटसल प्रतियोगिता २०७६ को उपाधी पब्लिक ज्ञानज्योती स्कुल तुलसीपुरले चुमेको छ । मुनाल युवा क्लब तुलसिपुर ४ रक्षाचौर दाङ को आयोजनामा संचालित प्रतियोगिता को फाईनल खेलमा स्काई सुर्खेत लाई पेनाल्टिमा शून्य का विरुद्ध २ गोल अन्तर ले पाखा लगाउदै पब्लिक ज्ञानज्योती तुलसिपुर ले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद ५० हजार पुरस्कार राशी तथा कप हात पार्‍यो ।

उता फाइनलमा पराजित स्काई सुर्खेत उपबिजेतामा सिमित रहदै नगद २५ हजार पुरस्कार राशिमा चित्त बुझाउन बाध्य भयो । तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा उल्लेख्य दर्शक का बिचमा भएको कडा प्रतिस्पर्धात्मक र शानदार खेल को निर्धारित समय सिमा सम्म ४-४ गोल को बराबरी भएपछी खेल को नतिजा पेनाल्टी सुट आउट बाट निकालिएको हो ।

स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री मोहन गौतम र आदेश के.सि. रहेका थिए । यसैबिच प्रतियोगिताको समापन समारोह प्रतियोगिताका संयोजक सुरज डागी को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली ( माईकल) को प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य तथा कार्यपालिका सदस्य दिपक कुमालको बिशिस्ट आतिथ्य मा भएको थियो।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर खेलाडी पब्लिक ज्ञानज्योतिका निशान डागी,बेस्ट डिफेन्स स्काई सुर्खेत का सुदिप गुरुङ र बेस्ट किप्पर मुनाल युवा क्लबका सुमन केसि लाई पुरस्कृत गरिएको प्रतियोगिताका सह संयोजक बिमल खड्काले जानकारी दिए । कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *