२०८१ असोज २९ गते मङ्गलवार

दाङको तुलसीपुरमा प्रथम खुला फुटसल सुरु


लक्ष्मण बस्नेत ,
दाङ, माघ ३ । दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु खुला फुटसल प्रतियोगिता २०७६ मा स्काई सुर्खेत, कृषि क्याम्पस तुलसिपुर र सक्सेस फुटबल क्लब तुलसिपुर ले बिजयी सुरुवात गरेका छ्न् ।

मुनाल युवा क्लब तुलसिपुर ४ रक्षाचौर दाङ को आयोजनामा तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता को उद्घाटन खेलमा पब्लिक ज्ञानज्योती तुलसिपुर बि लाई १ का विरुद्ध ११ गोल को फराकिलो अन्तरले पाखा लगाउदै स्काई सुर्खेत ले बिजयी सुरुवात गरेको हो ।

त्यस्तै स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसिपुर लाई ३ का बिरुद्ध ७ गोल अन्तर ले पराजित गर्दै कृषि क्याम्पस तुलसिपुर ले बिजयी सुरुवात गरेको हो । त्यस्तै शिखर कोलनी तुलसिपुर लाई सर्ट एण्ड डेथमा पराजित गर्दै सक्सेस फुटबल क्लब तुलसिपुर ले बिजयी सुरुवात गरेको हो।

स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप,हात पार्नेछ । त्यस्तै उपविजेताले नगद २५ हजार तथा कप हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट डिफेन्स लाई पुरस्कृत गरिने प्रतियोगिताका सह संयोजक बिमल खड्काले जानकारी दिए । खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री मोहन गौतम र आदेश के.सि. रहेका छ्न्।

माघ ४ गते सनिवार सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिताको उद्घाटन तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली ( माईकल) ले गरेका हुन् । उद्घाटन समारोह प्रतियोगिताका संयोजक सुरज डागी को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली ( माईकल) को प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य तथा कार्यपालिका सदस्य दिपक कुमालको बिशिस्ट आतिथ्य मा भएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी माईकल ले मानव स्वास्थ को अभिन्न अंग खेलकुद को बिकास बिना समृद्धि को परिकल्पना गर्न नसकिने बताएका थिए।

बिकसित मुलुक ले खेलकुद का माध्यम बाटै समृद्धि हासिल गरेका छ्न् देशको समृद्धि को मुख्य सुचक खेलकुद हो अब हामी खेलकुद मा लगानी बढाउने पक्ष मा छौ उनले भने । त्यस्तै बिशिस्ट अतिथी दिपक कुमाल ले खेलकुदको शहर तुलसिपुर लाई खेलमय बनाउन खेलकुदका भौतिक संरचना निर्माण मा जोड दिनु पर्ने बताए। कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *