२०८१ बैशाख १३ गते बिहिवार

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन


यमकला भुसाल,
तुलसीपुर,२८ पुस । चलचित्र पत्रकार संघ दाङको चौथो अबिधेशनले नयाँ नृतृत्व चयन गरेको छ । सोमवार तुलसीपुरमा भएको अधिवेशनले सर्वसहमतिमा शाखा अध्यक्षमा सञ्चारकर्मी शिव पुनलाई चयन गरेको हो ।

तीन वर्षे कार्यकालका लागि शिक्षक समेत रहेका पुनको अध्यक्षतामा गठित नयाँ कार्यसमिति नौं सदस्य रहेको छ । पुन यस अघि संघको कोषाध्यक्ष थिए ।

अधिवेशनले संघको उपाध्यक्षमा सन्तोष केसी,सचिवमा पुर्ण केसी, सहसचिवमा निरला अर्याल गैरे,कोषाध्यक्षमा तिर्थराज चौधरीलाई चयन गरेको छ । त्यस्तै सदस्यमा राजेश खत्री, भुपेश वली,मिना खड्का र आषिश केसी रहेका छन् ।

चलचित्र क्षेत्रमा अध्ययनको खाँचोः डा.अमर गिरी
चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष डा.अमर गिरीले चलचित्र क्षेत्रमा अध्ययनको खाँचो रहेको बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाको सोमवार तुलसीपुरमा भएको चौथो जिल्ला अबिधेशनलाई सम्बोधन गर्दै डा.गिरीले त्यस्तो बताएका हुन ।

‘कुनै पनि क्षेत्रको विकासका लागि त्यसको बारेमा बुझ्न र अध्ययन गर्न आवश्यक छ’,– गिरीले भने ‘ अध्यनविना लहडले चलचित्र बनाउँदा गुणस्तरिय चलचित्र निर्माण हुन सकेनन्।’ आधा सताप्दी विप्दा समेत नेपाली चलचित्र उद्योग फष्टाउन नसक्नुलाई विडम्वना मान्नुपर्ने उनले बताए ।

चलचित्र क्षेत्रलार्ई उद्योगको रुपमा विकास गर्न नेपाली कलाकारिताको विकास संरक्षण र संवद्र्धन गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमका प्रमुख अतिथि गिरीले पछिल्लो समय सिनेमाको क्वालिटी मेन्टेन गर्न नसकेका कारण नेपाली चलचित्र पछि परेको स्पष्ट पारे । ‘ एक वर्षमा सयौँ फिल्महरु निमार्ण हुन्छन, तर, त्यसमध्ये ५÷७ वटा मात्र सफल हुने गरेका छन,’ गिरीले भने ‘ अब फिल्म निमार्ता,निर्देशक,कलाकार सबैले यसबारे गम्भीर समिक्षा गर्न जरुरी छ।’

कार्यक्रममा चलचित्र पत्रकार सघं नेपालका सगंठन उपाध्यक्ष दिनेश सिटौलाले अन्य जिल्लाको तुलनामा दाङ शाखाले चलचित्र पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै संस्थाको प्रसंसा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले चलचित्र क्षेत्रको विकासका लागि सबै क्षेत्र,तहबाट महत्वपुर्ण भुमिका आवश्यक रहेको बताए ।

तर उनले पछिल्लो समय केही नेपाली चलचित्र हेर्न जाँदा नाक खुम्चाउनुपर्ने अवस्था रहेको भन्दै अब त्यसबारे चलचित्र सम्बन्धी निति,नियम बनाउन राज्यमा बसेका व्यक्तिहरुले ख्याल गर्न आवश्यक रहेको तर्क गरे ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष धुर्वराज न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत,नेपाल प्रेस युनियनका कन्द्रिय सदस्य सुलोचना गौतम,कान्तिपुर राष्ट्रिय दैनिकका उप–सम्पादक दुर्गालाल केसी,रासस दाङ प्रमुख नारायणी रजौरे,संकल्प महिला सञ्चार जिल्ला अध्यक्ष बसुन्धरा गौतम,सामुदायीक रेडियो प्रसारण सघं प्रदेश ५ सचिव संगीत बस्याल,साहित्यकार डा.लोकराज पराजुली,गितकार तथा पत्रकार लोकराज अधिकारी,रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मी,चलचित्र सघं दाङका सल्लाहाकार सरद अधिकारी,ऐन प्यावसन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतम,रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष देवबहादुर केसी,गजल अभियान दाङका अध्यक्ष प्रबल विष्ट लगाएतले जिल्लाका सिनेमाहलहरु बन्द अवस्थामा रहेको हुँदा सिनेमाहलहरुमा मानिस जाने वातावरण वनाउन आवश्यक रहेको बताएका थिए ।

केसी पुरस्कृत थप ११ जना सम्मानित
चलचित्र पत्रकार सघं दाङ शाखाको चौथो जिल्ला अबिधेशनका अवसरमा १२ जनालाई सम्मान एवं पुरस्कृत गरिएको छ । जसमा दिप लोचन रगं पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ रुपैया सहित सन्तोष केसीलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय रगं पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार सघं नेपालका सगंठन उपाध्यक्ष दिनेश सिटौलालाई सम्मान गरिएको छ ।

त्यस्तै पत्रकारिता,कला,साहित्य लगाएतका क्षेत्रबाट महत्वपुर्ण भुमिका खेलेको भन्दै नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सविन प्रियासन,चेतन रेग्मी,खेमराज रिजाल,नारायणी रजौरे,दुर्गालाल केसी,गजेन्द्र बोहोरा,सरद अधिकारी,लोकराज पराजुली,लोकराज अधिकारी र युवा व्यवसायी राजेन्द्र महतरालाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *