पुस,२८ दाङ । नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेको छ ।
सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतवार दिउसो घोराहीमा रहेको कार्यालयमको कार्यकक्षमै गएर विप्लवसमुहका कार्यकर्ताले कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दलेका हुन् । सेवाग्राहीका रुपमा कार्यालयमा आएका दुई जनाको समूहलेचौधरीलाई कार्यकक्षमै कालोमोसो दलेका थिए ।
डिभिजन कार्यालय दाङका प्रमुख चौधरीको केही दिन पहिले घाइघाट–दिक्तेल सडक आयोजना उदयपुर सरुवा भएको थियो । सडकडिभिजन कार्यालय दाङमा नयाँ निरज शाक्य आएका छन । कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दल्ने समूहको खोजी कार्य भैरहेकोप्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार