२०८१ असोज २९ गते मङ्गलवार

माघे संक्रान्तिमा २ दिन विदा


दाङ,पुस २१ । माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नम्बर ५ मन्त्रिपरिषदको सोमवारको बैठकले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। मन्त्रिपरिषद बैठकले पुस २९ गते मुख्यमन्त्री निवासमा मघे पर्व मनाउने निर्णयपनि गरेको प्रबक्ता चौधरीले बताए ।

धर्तीपुत्र मानिने तराईका आदीबासी थारु जातिले माघी पर्वलाई धुमधाम पूर्वक मनाउँदै आएका छन् । माघी उनीहरुको सबै भन्दा ठूलो पर्व हो ।

प्रकाशित मिति : २०७६ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *