२०७७ कार्तिक ८ गते शनिवार

ईन्टर स्कुल फुटसलको उपाधी पब्लिक ज्ञानज्योतीलाई

लक्ष्मण बस्नेत ,तुलसीपुर,१९ पुस । तुलसीपुरमा सञ्चालित दोश्रो ईन्टर स्कुल फुटसल प्रतियोगिता ९२०७६० को उपाधी पब्लिक ज्ञानज्योती तुलसीपुरले हात पारेको छ ।
तुलसीपुर युथ क्लबको आयोजनामा तुलसीपुर ६ स्थित द लेगेण्ड फुटसल ग्राउन्ड तुलसीपुरमा शनिवार सम्पन्न फाइनल खेलमा तुलसी आवासिय माबी तुलसीपुलाई शून्य विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञान ज्योतीले उपाधी चुमेको हो ।

उपाधीसंगै उसले नगद ३० हजार पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो। कडा प्रतिस्पर्धात्मक खेलमा ज्ञानज्योति का किरण योगि ले २ गोल गरे ।
त्यस्तै फाईनलमा पराजित तुलसी माबी उपविजेतामा सिमित रहदै नगद १५ हजार,कप मेडल तथा प्रमाणपत्र हात पार्न सफल रह्यो ।

स्थानीय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेलको बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ११टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक क्लबका अध्यक्ष बरुण श्रेष्ठ को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन कमल भण्डारीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ पुष १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *