२०८२ असार २७ गते शनिवार

फिरौति रकम प्रकरणमा अर्का युवापनि पक्राउ परे

दाङ,पुस १६ । दाङ घोराहीका एक व्यक्तिलाई डर धम्कि देखाएर १३ लाख फिरौति माग्ने प्रकरणमा थप अर्का एक युवापनि पक्राउ परेका छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ४ मसिना निवासी ३२ बर्षीय नरेश चन्द ठकुरीलाई प्रहरीले फक्राउ गरेर दाङ ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले उनले विहीवार विहान २ बजे रोल्पावाट पक्राउ गरेर दाङ ल्याइएको जानकारी दिए ।

यसअघि दाङ प्रहरीले रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ राङकोट निवासी ३४ बर्षीय राजकुमार दमाईलाई फिरौति बाफतको रकम बुझ्दै गर्दा घोराहीवाट पक्राउ गरेको थियो ।

दमाईको बयानको आधारमा ठकुरीलापनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दमाईले आफुलाई ठकुरीले नै फिरौति रकम लिन पठाएको भन्ने बयान दिएको हुँदा ठकुरीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको एपपी भट्टराईले बताए ।

‘प्रारम्भीक अनुसन्धान वाट १३ लाख फिरौति प्रकरणमा ठकुरीपनि संलग्नता देखिएको हुँदा उनलाई तत्कालै पक्राउ गरि दाङमा ल्याएर अनुसन्धान भइरहेको छ,’ एसपी भट्टराईले भने ।

प्रहरीले दमाईलाई कटुवा पेस्तोलसहित फिरौति बाफतको रकम बुझ्दै गर्दा बधुवार पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *