काठमान्डौं, पुस १३ । नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्।
मोहन वैद्य नेतृत्वको उक्त पार्टीले राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउन गएका उनलाई निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा गजुरेललाई पक्राउ गरिएको जानकारी दिए ।
गजुरेलसँगै पक्राउ परेका उक्त पार्टी अन्य नेतारकार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ।
सीमा मिचिएको तथा भ्रष्टचार बढेको विषयलाई लिएर आन्दोलन गर्दे आएको उक्त पार्टीका नेता कार्यकर्ताले प्रहरीमाथि पनि ढुंगामुढा गरेको प्रहरीले दाबी गरेको छ ।
प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार