यमकला भुसाल,
तुलसीपुर,८ पुष । तुलसीपुर खानेपानी मुहान सरंक्षणमा तुलसीपुरबासी एक हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । नेपाल तरुण दल दाङ र नेपाल विद्यार्थी सघं दाङले मगंलवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानीको मुहान सरंक्षण गर्न कानुनी उपचार खोज्नुपर्ने बताए । सडक मर्मत गर्ने बहानामा दिनदहाडै तुलसीपुर ३ सातवाँसमा खानेपानीका पाइपमा क्षती हुदाँ तुलसीपुर खानेपानी संस्था,स्थानिय प्रशासन,तुलसीपुर उपमहानगरपालिका मौन बसेको भन्दै उनीहरुले आक्रोस व्यक्त गरे । दुई तिहाईको सरकारले विकासको नाममा विनास निम्ताएको उनीहरुको आरोप छ ।
तरुण दल दाङका अध्यक्ष टिका घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका अध्यक्ष कृतिबहादुर खड्काले लाखौँ रुपैयाका खानेपानीका पाइप काटिदाँ सम्बन्धीत निकायले कुनै चासो नदिनु दुखद कुरा भएको बताए । उनले भने,– खानेपानी मुहानमा रातारात उत्खनन् हुदाँ स्थानीय प्रहरी प्रसासन,उपमहानगरपालिका किन रमिते बनेको छ,अबैध रुपमा भैरहेको उत्खनन्लाई रोक्न अब सबै तुलसीपुरबासी एक हुन जरुरी छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले कार्यपालिका बैठकमा हुदैँ नभएको निणर्य गरेको हो भन्ने गराएर नेतृत्वबर्गका व्यक्तीको प्रत्यक्ष सहयोगमा खानेपानी मुहानमा अबैध रुपमा उत्खनन् भैरहेको बताए ।
बन्द गरेको सडकलाई रातारात अरुको रसिद प्रयोग गरेर विधि,विद्यान विपरित खानेपानीमा सकंट निम्ताएको नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीको भनाई छ । त्यस्तै तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका सदस्य रञ्जन कुमार गौतमले खानेपानी मुहानमा भएको सम्पुर्ण क्षतीको ३ दिन भित्र विवरण ल्याई सम्बन्धीत निकाएमा जाने र नियम विपरित भएको कार्यलाई रोक्न सबै तुलसीपुरवासी एक हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता केशबराज आचार्य,घनश्याम रेग्मी,सकंर गिरी,सुरेस हमाल,प्रजातान्त्रीक उद्योग व्यवसायी सघंका अध्यक्ष जनक प्रसाद खराल,नेपाली काग्रेँस नेता जगत बहादुर खड्का, नेपाली कांग्रेसका सोभाकर सापकोटा,तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष ललितजगं शाह,नेपाल विद्यार्थी सघं दाङका कोषाध्यक्ष अरुण लहरे,सदस्य घनश्याम भण्डारी लगाएतले खानेपानी मुहान बचाउन तुलसीपुरका आम उपभोक्तावासी एकजुट हुनुपर्ने बताए ।
साथै उनीहरुले सम्बन्धीत निकाएले समयमै ध्यान नदिए नेपाली कांग्रेस आफै बिरोधमा उत्रन बाध्य हुने समेत बताए । कार्यक्रमको सहजीकरण तरुण दल दाङका सचिव धुर्व आचार्यले गरेका थिए ।