२०८१ चैत्र ९ गते शनिवार

कचिलीले चुम्यो प्रथम वडा अध्यक्ष कपको उपाधी


लक्ष्मण बस्नेत,
पुस ७ । तुलसिपुर उपमाहानगरपालिका वडा न १२ प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी कचिली ले चुमेको छ । तुलसिपुर उपमहानगरपालिका वडा न १२ को सयोजन आयोजनामा पशुपती मा.बि हरिपौरा संचालित प्रतियोगिताको सोमबार सम्पन्न फाईनल खेलमा क्वाङी बि लाई सुन्यका बिरुद्ध २ गोल अन्तरले स्तब्ध पार्दै कचिली ले उपाधी चुमेको हो।

उपाधी संगै उसले नगद ३० हजार, कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो। फाइनलमा पराजित क्वाङी भने उपबिजेता मा चित्त बुझाउदै नगद १५ हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो। त्यस्तै कचिला बि तृतिय भयो । उसले नगद ५ हजार, कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो।

उल्लेख्य दर्शक का बिच भएको शानदार अनि रोमाञ्चक खेलको पहिलो हाफ को १८ औ मिनेटमा कचिली का प्रकाश बुढामगर ले सुरुवाती गोल गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाए। त्यस्तै पहिलो हाफ को ३४ मिनेटमा मनराज बाठा ले थप एक गोल गर्न सफल भए। ३ दिन सम्म संचालित प्रतियोगितामा वडा भित्रका ८ टिमको सहभागिता रहेको थियो भने खेल नकाउट आधारमा खेलाइएको आयोजक क्लबका जोएल गिरि ले जानकारी दिए।

प्रतियोगिता अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री देव नारायण दहाल,खुम वलि र सुरेन्द्र चौधरी रहेका थिए । यसैबिच प्रतियोगिताको समापन समारोह सह आयोजक शान्ती टोल बिकास सस्थाका कौशिक जिएम को अध्यक्षता तथा तुलसिपुर वडा न १२ का अध्यक्ष तथा तुलसिपुर उपमहानगरपालिका प्रबक्ता सुर्य बहादुर डागी ( श्याम) को प्रमुख आतिथ्य एवं नेकपा का तुलसिपुर नगर अध्यक्ष खुसी राम चौधरी को बिशिस्ट आतिथ्य मा भएको थियो।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने कचिली का मनराज बाठा बेस्टप्लेयर खेलाडी,क्वाङिका दिनेश चौधरी बेस्ट डिफेन्स,कचिलिका नारायण बाठा बेस्ट गोल किप्पर र राईजिङ प्लेयर कचिला का प्रदेश चौधरी लाई घोषित गरिएको थियो । कार्यक्रम को संचालन खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *