२०८२ असार २७ गते शनिवार

प्रथम दाङ जिल्ला स्तरिय खुला फुटसल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत,
पुस ६ । दाङको तुलसीपुरमा दाङ जिल्ला स्तरिय प्रथम खुला फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । मुनाल क्लब तुलसीपुर उप–महानगरपालिका वडा नं ४ को आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता आउदो माघ ३ गतेदेखि तुलसिपुर ६ स्थित ब्यबसायिक तवर ले निर्माण गरेको द लेगेण्ड फुटसल ग्राउन्ड मा सुरु हुनेछ ।

स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २५ बढी टिमको सहभागिता रहने प्रतियोगिता का सयोजक सुरज डाँगीले जानकारी दिए ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद २५ हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक डाँगीले बताए । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ वेस्ट स्टाईगर,वेस्ट डिफेन्स, वेस्ट किप्पर तथा प्रत्येक म्याच मा म्यान अफ द म्याच हुने खेलाडी लाई पुरस्कृत गरिनेछ ।

माघ ४ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने प्रतियोगिता का सह सयोजक बिमल खड्काले जानकारी दिए । यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजकले टिम दर्ता गरि प्रतियोगितामा सहभागिता का लागि ईच्छुक सबै मा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *