२०८२ असार २७ गते शनिवार

बालिकाको निधन प्रति बिद्यार्थी सङ्गठनद्वारा दुःख ब्यक्त,तत्काल कारबाहीको माग

तुलसीपुर ,पुष ३ । बिहीबार तुलसीपुरमा टेक्टरको ठक्करबाट भएको बालिकाको निधनप्रति स्वतंत्र बिद्यार्थी यूनियन राप्ती बबई क्याम्पस तुलसीपुर र नेपाल बिद्यार्थी सघ तुलसीपुर उपमहानगरपालिकाले दुःख ब्यक्त गरेका छन ।

बिहीबार छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै स्वतंत्र बिद्यार्थी यूनियन राप्ती बबई तुलसीपुरका सभापति अनिल कुमार कार्की र नेबिसघ तुलसीपुर उपमहानगरपालिकाका सयोजक राजिब पाण्डेले बिधालयबाट घर जादै गरेकी तुलसी आबासीय माध्यमिक बिधालय कक्षा ८ मा अध्ययनरत बिजिता केसीको चिर शान्तिको कमना गर्दै भाबपूर्ण श्रदांजलि ब्यक्त गरे ।

उनिहरुले दिनानु दिन हुने गरेको सड़क दुर्घटना न्यूनीकरण गर्नका लागि समन्धित निकाएको ध्यानाकर्षण पनि गराए ।त्यस्तै दुर्घटनामा परी घाइते भएकी मनिसा वलीको उपचारमा कुनै पनि कमी नहोस् भन्ने माग गर्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याई पीडितलाई यथोचित न्याय प्रदान गरियोस,प्रेस बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *