२०८१ बैशाख ८ गते शनिवार

कलाकार दीपक क्षेत्रीको निधन


काठमाडौं, मंसिर २८। कलाकार दीपक क्षेत्रीकाे निधन भएकाे छ। ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ।

अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।
कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ।

जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन्।

लामो समय पर्दाबाहिर रहेका उनी पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए।

प्रकाशित मिति : २०७६ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *