२०८१ असोज २९ गते मङ्गलवार

दाङमा कृष्ण पहाडीले बबई नदीको सरसफाई गरे


दाङ, मंसिर २६ । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी विहीवार ववई नदीको फोहर संकलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ को सीमानामा पर्ने बबई नदी किनारामा यत्रतत्र फालिएका फोहर संकलन गरेका हुन ।

समाजका महासचिव सुशिल बस्नेतले मानविय जीवनमा प्राकृतिक स्रोतसाधनको महत्व उजागर गर्न तथा पानीका मुहान र स्रोतहरुको सरसफाईको आवश्यक्ता प्रष्टपार्न पहाडीले बबईको फोहर उठाउन गएको जानकारी दिए ।

कार्यक्रममा समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोबिन्द खनाल, महासचिब सुशील बस्नेत लगाएका पदाधिकारी पुगेका थिए । स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीको समेत त्यसमा सहभागिता थियो ।

बबई नदीको सरसफाई पूर्व संस्थापक सभापति पहाडीले केशवराज झुपाकुमारी बृद्धा आश्रम तुलसीपुर १२ रझेनाको प्राङगनमा रुद्राक्षको बोट रोपेका थिए । शान्ति समाजको मंसिर २७ र २८ गते हुन गइरहेको २२आंै राष्ट्रिय परिषद्मा सहभागि हुन पहाडी बुधवार दाङ आएका हुन ।

शान्ति समाजले बिहीबार रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । शुक्रबार बिहान ८ बजे तुलसीपुर बजारमा सरसफाई कार्यक्रम आयोजना गरिएको शाखा सभापति शरद रेग्मीले जानकारी दिए ।
मंसिर २८ गते सम्म चल्ने परिषदमा देशभरका तीन सय बढी प्रतिनिधि तथा परिवेक्षकहरुको सभागिता हुने रहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *