२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा एक घरमा विस्फोट


दाङ,मंसिर २५ । दाङ देउखुरीमा एक व्यक्तिको घरमा विस्फोट भएको छ । जिल्लाको गढवा गाउँपालिका वडा नं. २ कोठरी निवासी ४३ बर्षीय घनश्याम चौधरीको पक्की घरमा बुधवार दिउँसो विस्फोट भएको छ । दिउँसो साढे २ बजेतिर घरमा कोही नभएको समयमा फिस्फोट भएको थियो । विस्फोट पछि चौधरीको पक्की घर चिरा परेको छ ।

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार चौधरीले उक्त घर भाडामा लगाएका थिए । घरको माथिल्लो तलामा गोधुली बचत तथा ऋण सहकारी संस्थाको अफिस रहेको थियो । विस्फोट भएको घरको अर्को कोठामा भारतवाट माछामार्ने भनि जिलेटिन ल्याएर राखेको आशंकामा त्यहाँ बस्दै आएका एकजनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रबक्ता शाहले जानकारी दिए ।
तर त्यहाँ के विस्फोट भएको हो ? भन्ने कुरा भन्न सक्ने अवस्था नरहेको उनले बताए । ‘जिलेटिन विस्फोट भएको हो भन्न सक्ने आधारपनि भेटिएको छैन,’ डिएसपी शाहले भने ‘ बम विस्फोट हो कि भन्ने आशंका भइरहेको छ।’

विस्फोट कस्ले र किन गराएको हो भन्ने एकिन हुन नसकेको भएपनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । प्रहरीले आफ्नो विरुद्ध सुराकी गरेको आशंकामा विप्लव समुहले विस्फोट गराएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *