दाङ,मंसिर २३ । गौरिका सिंहले एदक्षिण एसियाली खेलकुद (साग) मा चार वटा स्वर्ण पदक जित्न सफल भएकी छन् । सोमवार उनले सय मिटर फ्रिस्टायलमा नेपाललाई स्वर्ण दिलाएकी हुन । यो संगै उनले जारी सागमा एक्लै चौथो स्वर्ण जित्न सफल भएकी छन् ।
यसअघि सागमा सर्वाधिक स्वर्ण जित्ने रेकर्ड तेक्वान्दो खेलाडी दीपक विष्टको नाममा मात्रै थियो । त्यसमा गौरिका सिंहले पनि आफ्नो नाम दर्ता गराएकी छन् ।
आइतबार उनले ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी थिइन भने त्यसअघि २ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्टोकमा पनि स्वर्ण जितेकी थिइन्।
सन् २०१६ मा भारतमा भएको सागमा पनि सिंहले ४ पदक जितेकी थिइन्। त्यतिबेला उनले नेपालका लागि १ रजत र ३ कास्य पदक जितेकी थिइन । तर यसपटक भने उनले आफ्नो उत्कृष्ट प्रर्दशन गर्दै चार स्वर्ण पदक नेपाललाई दिलाउन सफल भएकी छन् ।
प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार