
दाङ,मंसिर २३ । दाङका बक्सर भूपेन्द्र थापाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका छन् । थापाले जितेको स्वर्ण नेपालले बक्सिङबाट जितेको दोस्रो स्वर्ण हो । दाङ घोराही निवासी थापाले नेपालका लागि ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।
खेलाडी थापाले फाइनलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गर्न सफल भएको काठमान्डौंमा रहेका दाङ तुलसीपुरका एक प्रशिक्षक राजु थापाले फरककोणलाई बताए ।
बक्सिङमा यो भन्दा पहिले नेपालकी मिनु गुरुङले पनि भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेकी थिइन्।
थापाले स्वर्ण जितेसंगै सोमवार बेलुका सम्म नेपालले स्वर्णको बढाएर ४७ पुर्याएको छ । दाङ निवासी थापाले बक्सिङमा स्वर्ण जितेपछि जिल्लाबासी खुसी भएका छन् ।
प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार