२०८२ असार २४ गते बुधवार

पर्यटन प्रर्वद्धन समितिको बैठक

दाङ, मसिर २२ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा गठन भएको जिल्ला स्तरीय
पर्यटन प्रवद्र्धन समितिले स्थानीय नारा तय गरेको छ ।

समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सोमवार
बसेको सचिवालयको बैठकले ‘पर्यटन विकाशको हाम्रो चाहना, दाङको संवृद्धि हाम्रो कामना’ नारा तय गरेको हो ।

बैठकले सवै संघ संस्थालाई नेपाल
भ्रमण वर्षको व्यानर निर्माण गरेर ठाउँ ठाउँमा राख्नको लागि समेत अनुरोध गरेको छ । बैठकले नेपाल भम्रण वर्ष २०२० को उद्घाटन पुुस १६ गते घोराही उपमहानगरपालिकाका १३ को बाह्रकुुनेदहमा प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरेर पालिकासम्म कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन सवै पालिकासंग छलफल अघि बढाउने निर्णय गरेको छ । सोमवार राप्ती गाउँपालिकाको देविकोटमा पालिकाका प्रमुख तथा स्थानीयसँग सोही विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *