२०८१ माघ ३ गते बिहिवार

शान्ति समाजको राष्ट्रिय परिषदको तयारी तीव्र


दाङ,मसिर २० । यहि मंसिर २७ र २८ गते तुलसीपुरमा हुने मानव अधिकार तथा शान्ति समाजको २२औं राष्ट्रिय परिषद बैठकको तयारी तीव्र पारिएको छ । परिषदको बैठकका लागि देशभरीका मानव अधिकारकर्मीहरु दाङमा जमघट हुने भएका छन् । देशभरका २ सय ५० जति अधिकारकर्मी र नागरिक अगुवाहरुको जमघट हुने शान्ति समाजका दाङ शाखा सभापति शरद रेग्मीले जानकारी दिए ।

परिषद सफल पार्न जिल्लाका उधोगी ब्यबसायिहरुले सघाउने आवश्वासन दिएका छन् ।
शुक्रबार तुलसीपुर उधोग बाणिज्य संघका पदाधिकारी संगको छलफलमा व्यवसायीले सहयोगको लागि प्रतिबदद्धता जाहेर गरेका हुन ।

तुलसीपुरमा हुन गइरुहेको शान्ति समाजको परिषद बैठकले जिल्लाको व्यापार व्यवसायमा समेत टेवा पुग्ने हुँदा त्यो सफल पार्न व्यवसायीहरु समेतको सहयोग रहने तुलसीपुर उधोग बाणिज्य सङघका पूर्व अध्यक्ष बिमल रिजालले बताएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *