
मङ्सिर १६। दाङको तुलसीपुरमा नेपाली फिल्म ‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त गरिएको छ। नेपाली काङ्ग्रेसका नेता एवं पुर्व सिचाइ मन्त्री दीपक गिरिको प्रमुख आतिथ्यतामा शुभ मुहर्त कार्यक्रम सम्पन्न भएको हो।
फिल्ममा गायक प्रेम परियार र समिक्षा बस्नेतले एक साथ नायक नायिकाको रुपमा डेब्यु गर्न लागेका छन । फिल्मका प्रस्तुतकर्ता रोशन कुमार थापा रहेका छन भने रोशनी फिल्मस प्रा.लि.को ब्यानरमा फिल्म निर्माण हुदैछ । दाङका व्यवसायी एवं समाजसेवी यमकान्त भन्डारीले निर्माण गर्ने फिल्मको कार्यकारी निर्माता खेमराज वि.क रहेका छन्।
सोमबार फिल्म मुहर्त गरे संगै फ्लोरमा गएको र फिल्मको करिब ९० प्रतिसत छायांकन दाङमा गरिने भएको छ भने बाकी छायांकन सल्यान जिल्लामा गरिने निर्देशक राजबहादुर सानेले बताए।
फिल्ममा प्रेम,समिक्षा र देवको साथै पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दिपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी पनि मुख्य भूमिका रहनेछ। कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहने फिल्ममा बसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत रहनेछ ।
छ्याँकन अरुण सुनार गर्नेछन भने फिल्ममा सानु कुमार महर्जनको द्वन्द रहेको छ । करिब ३० दिनको छायांकन सकिने फिल्मको लागत ७० लाख रहेको छ।