२०८१ असोज २९ गते मङ्गलवार

घोराही १६ मा कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी बिजयी

 


लिलाधर वली,
दाङ, मंसिर १५ । घोराही उपमहानगरपालिका वडा नं.१६ मा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन ।

कांग्रेसका उम्मेदवार डाँगी १२१८ मत प्राप्त गरि बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए । डाँगीले प्रतिष्प्रर्धीलाई एक सय ५ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका थिए । वडा नं. १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । जस मध्य ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं. १६ मा उपनिर्वाचन भएको हो ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *