२०८२ जेष्ठ ११ गते शुक्रवार

दाङमा उपनिर्वाचनको सबै तयारी पुरा (भिडियोसहित)


दाङ,मंसिर ११ । उपनिर्वाचनको लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत लगाएत सम्पूर्ण कर्मचारी बुधवार मतदान केन्द्रमा गएका छन् ।घोराही स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन गराउन आवश्यक सम्पूर्ण सामाग्री बुझेर सबै कर्मचारी मतदान केन्द्रमा गइसकेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उनले आफ्नो तर्फ वाट हुने सम्पूर्ण तयारी पुरा भएको र अव मतगणनाको तयारी मात्रै बाँकी रहेको बताए ।

दाङमा प्रदेशसभा सदस्य पद र एउटा वडा अध्यक्ष पदको लागि हुन गइरहेको उपनिर्वाचनमा ८२ मतदान केन्द्र तोकिएको छ । ती सबै केन्द्रमा बुधवार आवश्यक सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मी पठाइ सकेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले पनि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आवश्यक सम्पूर्ण सामाग्रीका साथ सबै कर्मचारी बुधवार नै गइसकेको जानकारी दिए ।

यसअघि नै सबै मतदान केन्द्रहरुमा सुरक्षाकर्मीले निगरानी बढाएको भएपनि बुधवारदेखि मतदान केन्द्रको सुरक्षाको लागि सुरक्षाकर्मी खटाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले निर्वाचनको सुरक्षाको लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी गरि तीनै तहको सुरक्षा संयन्त्र खटाइ सकेको जानकारी दिए । सुरक्षा प्रवन्ध मजवुत रहेको भन्दै उनले निर्धक्क भएर सबैलाई मतदानमा सहभागि हुन आग्रह गरेका छन् ।

मंसिर १४ गते दाङमा हुने उपनिर्वाचनका लागि बाहिरी जिल्लावाट समेत सुरक्षाकर्मी जिल्लामा ल्याइएको छ ।
यसैबीच बधुवार मध्य रातिवाट निर्वाचन मौन अवधि सुरु हुने हुँदा दलहरुले जिल्लामा आ–आफ्नो तर्फवाट शक्ति प्रर्दशनका साथ अन्तिम सभा सम्मेलनहरु गरेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *