२०८२ असार ३१ गते बुधवार

कम्युनिष्टको ज्याजदी रोक्न काँग्रेसलाई मतदान गर्नुहोस – डा. रामशरण महत


यमकला भुसाल,
दाङ,मंसिर ८ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कम्युनिष्टको ज्याजदी रोक्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । आइतवार दाङको दंगिशरण गाउँपालिका वडा नं. १ बाँकीमा आयोजित चुनावी सभार्ला सम्वोधन गर्दै डा. महतले अन्याय,अत्याचार, भ्रष्टचार र अधिनायकवाद रोक्नका लागि काँग्रेस उम्मेदावर केशव आचार्यलाई विजयी गराउन मतदातालाई अपिल गरेका हुन ।

उनले विश्वमै अलोकपृय र मृत प्राय अवस्थामा पुगिसकेको कम्युनिष्ट व्यवस्था नेपालमा भने काँग्रेसको बहुलवाद मान्छौं भन्दै झुक्याउँदै टिकी राखेको तर्क गरे । कम्युनिष्टहरुको अन्तिम गनतब्य साम्यवाद रहेको हुँदा त्यो बाट देशलाई जोगाउन र लोकतन्त्र रक्षाको लागि नेपाली काँग्रेसलाई मतदान गर्न उनले आग्रह गरेका छन् ।

डा. महतले भने–‘कांग्रेसले ल्याएको खुल्ला अर्थ नीतिका कारण देशमा आज यो आर्थिक विकास सम्भब भएको हो । त्यो हामीले सुरु गरेका हौं,तर,अब कम्युनिष्टले त्यसलाई आज भजाई खाने माध्यम बनाएका छन्।’

काँग्रेसको नीतिलाई आफ्नो नीति र काँग्रेसले गरेको विकाशलाई आफुले गरेको विकास भनेर जनता नझुक्याउन उनले नेकपालाई सचेत तुल्याए । उक्त चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले नेकपाका नक्कली र बनाउटी कुरावाट नझुक्किन आग्रह गरे । ‘यसअघि उनीहरुले झुट कुरा गरेर मतदातालाई झुक्याए,’ नेता गिरीले भने ‘ अब जनताले त्यो बुझि सके, अव कम्युनिष्टका खोक्रा नाराहरुमा कोही झुक्किने छैनन्।’

चुनावी सभालाई काँग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, ,केन्द्रीय सदस्य ईश्वरी न्यौंपाने, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, रुपेन्देहीवाट निर्वाचित प्रतिनिधिसभा सदस्य भरत शाह, दाङ जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, पूर्व सांसद विमला नेपाली लगाएतले मनतब्य व्यक्त गरेका थिए ।

दंगिशरण गाउँपालिका वडा नं १ का सभापति महाविर चौधरीको अध्यक्षतामा भएको कार्यक्रम रेशम भण्डारीको स्वागत मनतब्यवाट सुरु भएको थियो भने सहजीकरण वडा सचिव सुवाश वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *