दाङ,मंसिर ७ । नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गतेको उपनिर्वाचन मतदाताको लागि सबैभन्दा ठूलो अवसर भएको बताएका छन् ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरामा शनिवार काँग्रेसको चुनावी सभालाई सम्वोधन गर्दै प्रबक्ता शर्माले सरकारलाई खवरदारी गर्न र सच्याउनका लागि मतदाताको लागि उपनिर्वाचन एउटा ठूलो अवसर भएको बताएका हुन ।
प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार