दाङ,मंसिर २ । दाङको तुलसीपुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २६ बर्षीय ठाकुरप्रशाद विकलाई पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।
विक विप्लव समुहको दलित मुक्ति मोर्चाको जिल्ला कमिटी उपाध्यक्ष भएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । सोमवार तुलसीपुरको सडकमा लुकिछिपी हिडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार