२०८१ माघ १३ गते आइतवार

सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु, सात घाइते


आशिष के.सी.
सल्यान, कार्तिक २८ ।
बिहीबार बिहान सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाङमा १०ः३० बजेतिर जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने सातजना घाइते भएका छन् ।

त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङ तुलसीपुरतर्फ जादैँ गरेको रा १ झ ४३२ नम्वरको जीप बडाखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाङ निवासी ६० बर्षिया कृष्णदेवी परियार र सोही ठाउँ निबासी ५९ बर्षिया यज्ञी थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरुको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । घाइते हुनेहरुमा जीप चालक फलावाङ निवासी २८ वर्षिय सन्दिप परियार, ८ वर्षिया ज्योती रावत, २३ वर्षिया मोती रावत, ५५ वर्षिया सावित्रा खत्री, २२ वर्षिया तारा थापा,२३ वर्षिया रीता रावत, र दाङ तुलसीपुर उपपमहानगरपालिका निवासी २८ वर्षिया दिला बुढा रहेका छन् ।

घाईतेहरुको दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *