२०८१ माघ ३ गते बिहिवार

तुलसीपुरलाई संक्राम ब्यारेक हस्तान्तरण गर्ने तयारी

दाङ। संक्राम ब्यारेक तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी हुन थालेको छ । तत्कालिन माओवादी सेना व्यवस्थापनका क्रममा एउटा टुकुटी दाङको संक्राम व्यारेकमा राखिएको थियो । तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको उक्त व्यारेक २० विगाहा वढी क्षेत्रफलमा ब्यारेक अवस्थित छ । हालसम्म त्यहाँ ६१ वटा घर तथा टहरा, १८ वटा शौचालय, ४ वटा पानी ट्याँकी लगायतका भौतिक संरचना रहेका छन् ।

शान्ती प्रक्रिया थालनी भएपछि त्यहाँ माओवादी सेना राखिएको थियो । पछिल्लो समय सेना समायोजन संगै संक्राम व्यारेक खालि भएपछि शसस्त्र प्रहरी त्यहाँ बस्दै आएको छ ।

अब स्थानीय सरकारको मातहतमा रहने गरि व्यारेक हस्तान्तरण गर्ने गरि आन्तरिक तयारी भइरहेको जानकारी दिइएको छ ।
संक्राम व्यारेकको विहीवार उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगी,प्रमुख प्रशासकिय अधिकृत आनन्द सारु लगाएको समुहले अनुगमन गरेको थियो । सक्राम ब्यारेकलाई संग्रहालयका रुपमा विकसित गर्ने र त्यहाँ वृहत प्रकृतिको योजना निर्माण गर्ने लक्ष्य उपमहानगरले तयारी गरेको प्रवक्ता समेत रहेका डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *