२०८२ जेष्ठ ११ गते शुक्रवार

काग्रेसका उमेद्वार जिताउन तरुण दलले युवा परिचालन समिति गठन ग¥यो

घोराही, २६ कार्तिक ।  मंसीर १४ गते हुने उपनिर्वाचनमा घोराही उपमहानगरपालिका १६ को अध्यक्षमा नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी तरूण दलले युवा परिचालन समिति गठन गरेको छ ।

तरूण दल दाङको युवा परिचालन समितिको आयोजनामा भएको सर्रामा मंगलवार भएको भेलाले युवा परिचालन समिति गठन गरेको हो । भेलाले तरूण दल घोराही १६ का कार्यवाहक अध्यक्ष रमेश जिसीको संयोजकत्वमा १ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ ।
तरूण दल दाङका जिल्ला सदस्य एवं युवा परिचालन समितिका संयोजक टीका थापाको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्ने नेताहरूले सबै आ-आफ्ना क्षेत्रबाट नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी निर्देशन दिएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका उमेद्वार ताराबहादुर डिसी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण तरूण दल दाङ साविक क्षेत्र नम्बर २ का अध्यक्ष नारायढ जिएमले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *