२०८२ असार ९ गते मङ्गलवार

हामी सधैं जनताको पक्षमाः काँग्रेस नेताहरु


तुलसीपुर, २६ कार्तिक ।
नेपाली काँग्रेसका नेताहरूले आफू सधै जनताको पक्षमा रहेर काम गर्दै आएको बताएका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारप्रसार एवं चुनावी भेटघाटका क्रममा पार्टीले वर्तमान सरकारले देशको चरित्र बिगारेजस्तो आफूहरूले कुनैपनि गलत क्रियाकलाप नगरेको बताए । सोमबार शान्तिनगर गाउँपालिकाका विभिन्न वडामा भएको चुनावी भेलाका अवसरमा नेताहरूले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेस शान्तिनगर गाउँपालिकाका गुण्डले, बाघमारे लगायतका विभिन्न स्थानमा भएको चुनावी भेटघाटका अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले जनताको पक्षमा रहेर काम गर्ने पार्टी नेपाली काँग्रेस रहेको बताए । समग्र दाङको विकाससँगै पश्चिम दाङको विकास पनि नेपाली काँग्रेसको सरकारकै पालामा भएको बताउँदै उनले अबको उपनिर्वाचनमा क्षेत्र नं. ३ ‘ख’ का उम्मेदवार केशवराज आचार्यलाई विजय बनाउन अनुरोधसमेत गरेका छन्् ।

यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार आचार्यले आफू निर्वाचित भईसकेपछि करको नाममा देशमा चलिरहेको लुटतन्त्र र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बाटो, सडक, सञ्चार, बिजुलीलगायतका पूर्वाधारको विकास काँग्रेसले गरेको बताउँदै उनले आउँदो उपनिर्वाचनमा आफूले जितेर गए पश्चिमी जनताको रक्षा, आत्मसम्मान र यस क्षेत्रको विकासका लागि कतिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै पार्टीका जिल्ला सभापति किर्तिबहादुर खड्काले आउँदो उपनिर्वाचनमा नेपाली काँग्रेसलाई अत्याधिक मत दिएर बिजयी बनाउन शान्तिनगरका स्थानीयबासीहरूलाई आग्रह गरेका छन् । पार्टीले समग्र देश निर्माणका लागि अभिभावकको भूमिका निर्वाह गरेको भन्दै उनले अबको उपनिर्वाचनमा समेत उक्त जिम्मेवारी काँग्रेसलाई नै दिनुपर्ने बताए ।

यसैबीच वर्तमान सरकारले देशमा विभिन्न अराजक गतिविधि गरेको भन्दै नेकपाका दर्जनौँ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार शान्तिनगर गाउँपालिकामा गरिएको चुनावी भेटघाटका अवसरमा लामो समयदेखि नेकपामा आवद्ध रहेका नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

देशको विकासका नाममा विभिन्न गलत क्रियाकलापहरू भईरहेको भन्दै उनीहरूले राम्रो काम गर्नेहरूलाई साथ दिनु आजको मुख्य आवश्यकता रहेको समेत बताए । गएको निर्वाचनमा नेकपालाई मत दिएर अहिले पछुताउनुपर्ने अवस्था सिर्जना भएको भन्दै उनीहरू काँग्रेसमा प्रवेश बताएका हुन् ।
– प्रदेश टुडेबाट

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *