२०८१ बैशाख ७ गते शुक्रवार

डा.केसीले अनशन तोड्न मानेनन

काठमाण्डौँ,कार्तिक २५ ।  चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।

यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेको थियो । अस्पतालबाट विज्ञप्ति नै सार्वजनिक भएपछि डा. केसीलाई लिन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा पुगेको हो ।

हेलिकोप्टर दहस्थित नेपाली सेनाको ब्यारेकमा बसेको छ । तर, डा. केसीले भने आफू स्वस्थ भएको भन्दै डडेलधुरा छाडेर अन्त नजाने बताएका छन् ।

सोमबार बिहान नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई अनशन तोड्न आग्रह गरेपनि केसीले भने आफूले अनशन नतोड्ने बताएका छन ।

डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि अनशनमा छन् । उनी स्वास्थ्यकर्मी नीलकण्ठ भट्टको घरमा अनशन बसेका हुन् ।

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *