२०८२ जेष्ठ ११ गते शुक्रवार

उम्मेदवारको घरदेखि पार्टी कार्यालयसम्म सुरक्षा व्यवस्था निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहने

दाङ,कात्तिक २४ । उपनिर्वाचनमा स्थानीय सुरक्षा समितिले निर्वाचन क्षेत्र नं. ३ (२) को ६ वटा निर्वाचन स्थलअति संवेदनशील क्षेत्रमा राखेको छ । मंसिर १४ गते जिल्लाको निर्वाचन क्षेत्र नं. ३ (२) मा प्रदेशसभा सदस्यकालागि र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।

जिल्लाका यी दुईवटा क्षेत्रको निर्वाचनमा ३४ वटा निर्वाचन स्थलहरु रहेका छन् । त्यस मध्यका प्रदेशसभा सदस्य पदका लागि हुने ६ वटा निर्वाचन स्थललाई सुरक्षाका दृष्टिकोणले अति संवेदन क्षेत्रको रुपमा परिभासित गरिएको छ ।यातायातको राम्रो पहुँच नभएका, सञ्चारमाध्यमको राम्रो पहुँच नभएका, भौगोलिक कठिनाई रहेका तथा सघन जनसंख्या भएको र विगतको निर्वाचनमा भएका घटनाका आधारमा ती क्षेत्रलाई स्थानीय सुरक्षा समितिले अतिसंवेदनशील क्षेत्रको रुपमा बर्गिकृत गरेको छ ।

त्यस्तो अतिसंवेदनशील स्थलहरु कुनहुनभन्ने बारेमा सुरक्षा समितिले खुलाउन भने चाहेनन् । जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजालले ती स्थानहरुको अनुगमन गर्नुको साथै सुरक्षा प्रवन्ध मिलाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । स्थानीय प्रशासनले प्रमुख सुरक्षा थ्रेटका रुपमा सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रमचन्द (विप्लव) समुहलाई लिएको छ ।

उम्मेदवारी दर्तासंगै निर्वाचनको चहल पहल बढेको भएपनि स्थानीय प्रशासनले त्यसपूर्व नै सुरक्षा रणनीति र सुरक्षाकर्मी परिचालणको रणनीति निर्माण गरेर काम सुरु गरेको प्रजिअ रिजालले जानकारी दिए । उनले निर्वाचनमातीनतहको सुरक्षाव्यवस्था गरिएको जानकारी दिए ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना अन्तिम घेरामा रहेर निर्वाचनको सुरक्षा गर्ने गरि सुरक्षा प्रवन्ध मिलाईएको प्रमुख जिल्लाअधिकारी रिजालले बताए । निर्वाचन अवधि भर पार्टीका कार्यालयहरु, उम्मेदवारको घर, उम्मेदवारहरुको प्रचार प्रशारको सम्पर्क कार्यालयहरु, उनीहरुका प्रचार अभियान सञ्चालनहुने ठाउँहरुमा आवश्यकताअनुसार र मागको आधारमा सुरक्षाकर्मी परिचालनहुने जिल्ला सुरक्षा समिति संयोजक रिजालले जानकारी दिए ।

उनले आवश्यकता महसुश भएको खण्डमा निर्वाचनका लागि बाहिरी जिल्लावाट समेत सहयोगका लागि सुरक्षाकर्मी मागहुने बताए ।

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *