Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


सगरमाथा सिमेन्ट उद्योगमा लडेर फेरि अर्का मजदुरको मृत्यु


दाङ,कात्तिक २१ । दाङको घोराही उपमहानगरपालिका वडा नं। ३ स्थित सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर फेरि अर्का मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उडिसा घर भइ सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत २७ बर्षीय अभय नायकको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

कात्तिक १६ गते मात्रै भारतको उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेशकुमार पटेलको सोही उद्योगको निर्माणधिन भवनबाट लडेर मृत्यु भएको थियो ।बुधवार लडेर घाइते भएका नायकको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा बेलुका साढे ८ बजेतिर मृत्यु भएको थियो ।

त्यसैगरी उद्योगको निर्माणाधिन भवनको छतवाट लडेका मध्य भारतको उडिसा घर रहेका अर्का मजदुर ३५ बर्षीय मानप वारीक गम्भीर घाइते भएका छन् । उनको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र अबस्था गम्भरि रहेको प्रहरीले जानकारी दिएको छ । दुबैजनालाई छतवाट लडे लगतै सिमेन्ट उद्योगवाट तत्कालै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पु¥याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal