२०८१ बैशाख ६ गते बिहिवार

सुरज र अनिल नेशनल युथ बक्सिङ को फाईनलमा

 

लक्ष्मण बस्नेत,
कात्तिक १९ । काठमाडौमा जारी नेशनल युथ बक्सिङ च्यापिएनसिपमा दाङका सुरज ओलि र अनिल कुमार पुन मगर फाईनलमा प्रवेश गरेका छ्न। नेपाल बक्सिङ संघको आयोजना तथा रास्ट्रीय खेलकुद परिषद सहयोगमा संचालित फस्ट अण्डर नाईन्टिन नेशन युथ बक्सिङ च्याम्पिएनसिपको सेमिफाइनलमा ४९ के.जि तौल समुहमा उदयपुरका लक्ष्मण राई लाई पराजित गर्दै दाङका सुरज ओलिले फाईनल यात्रा सुरक्षित गरेका हुन् ।

त्यस्तै ६० के.जि तौल समुहमा पाटन बक्सिङ क्लबका रयान महर्जन लाई सेमिफाईनलमा पराजित गर्दै दाङका अनिल कुमार पुनमगरले फाईनल यात्रा तय गरेको दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष तथा प्रशिक्षक राजु थापाले जानकारी दिए । दाङका सुरज ओलि नक्साल बक्सिङ क्लबका खान अलि संग फाईनलमा भिड्नेछन् भने अनिल कुमार पुनमगर बाकेका ईन्द्र सुनार संग भिड्नेछन् । फाईनल खेल बुधबार हुनेछ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *