Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


शान्ता चौधरी चढ्ने गाडी दुर्घटना ग्रष्त



दाङ,कात्तिक १९ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गाडी दु र्घटनामा परेको छ । गएराति पौने १२ बजेतिर घोराहीवाट लमही तर्फ जाँदै गर्दा बा २ झ २८७१ नम्वरको स्कारपियो (सरकारी गाडी) दु  र्घटनामा परेको छ । नेकपाकी सचेतक समेत रहेकी चौधरीलाई घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित डाँडागाउँ बशन्तपुरमा छोडेर चालक लमही तर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

गाडी सडकदेखि झन्डै १०६ फिट तल खसेको भएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । गाडीमा चालक मात्रै रहेको प्रहरीले बताएको छ । लमही नगरपालिका वडा नं. ६ पुलमोरमा उक्त दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यात्रुबहाक बस दु र्घटना हुँदा चार यात्रु घा इते
पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङमा यात्रुबहाक बस दु र्घटना हुँदा चार यात्रु घाइते भएका छन् । दुर्घटनामा परि सुर्खेत जिल्लाको बराहाताल गाउँपालिका वडा नं. ५ निवासी २३ बर्षीया मिना बुढा मगर, भेरीगंगा नगरपालिका वडा नं. १३ निवासी ३४ बर्षीय बलबहादुर रम्तेल, सोही नगरपालिका वडा नं. ९ निवासी १७ बर्षीय सनिल दडेल र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ७ निवासी ३६ बर्षीय कमल तामाङ घाईते भएका छन् ।

पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ११७२ नम्बरको बस लमही नगरपालिका वडा नं. ७ उचानिम्बु भन्ने स्थानमा मंगलवार विहान साढे ५ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal