कार्तिक १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपचुनावका लागि उम्मेदवार छनोट गरेको छ ।
नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराई, प्रदेश सभाको लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली, भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाइ उम्मेदवार बनाएको छ ।
बाग्लुङ २ ख मा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णयगरेको छ ।
यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार