दाङ,कात्तिक १७ । आफ्नै सासु (आमा)को घरमा आगो लगाएर फरार रहेका ज्वाँई पक्राउ परेका छन् ।
सासुको घरमा आगो लगाएर फरार जिल्लाको साविक घोराही नगरपालिका वडा नं. ६ र हालको घोराही उपमहानगरपालिका वडा नं. १८गिठेपानी निवासी २६ बर्षीय रामबहादुर विक पक्राउ परेका छन् ।
विकले घोराही उपमहानगरपालिका वडा नं. २ निवासी सुन्तली विकको घरमा २०७३ साल बैशाख १३ गते बेलुका ६ बजेतिर आगोलगाएका थिए । उच्च अदालत तुलसीपुरले उक्त कसुरमा दोषी ठहर गर्दै २०७५ साल फागुन १४ गते ४ बर्ष कैद सजायको फैसला गरेकोथियो । त्यसयता फरार रहँदै आएका विकलाई आइतवार विहान ६ बजेतिर गोप्य सूचनाको आधारमा घरवाटै पक्राउ गरिएको जिल्लाप्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
पक्राउ परेका विकलाई आवश्यक कानुनी कारवाहीको लागि आइतवार नै अदालत पेश गरिएको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार