२०८१ माघ १३ गते आइतवार

दशैं र तिहारमा ४१ जनाको मृत्यु,३६७ दुर्घटना

दाङ। ५ नं. प्रदेशमा दशैं र तिहारको बीचको एक महिनाको अवधिमा ३६७ सवारी दुर्घटना भएका छन् भने त्यसमा परि ४१ जना मानिसको मृत्यु भएको छ । असोज २४ गतेदेखि कात्तिक २४ गतेको बीचमा ५ नं. प्रदेश अन्तरगतका १२ जिल्लाहरुमा (एक महिनाको अवधिमा) भएका दुर्घटनामा परि ६६२ जना घाइते भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।

दशैं र तिहारको बीचमा सबैभन्दा धेरै २६४ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले बताए । त्यस्तै जीप÷कार ५२ वटा, बस २१ वटा, ट्रयाक्टर १७ वटा, ट्रक÷ट्याँङकर १२ वटा, ट्रिप्पर ४ वटा, माईक्रो ५, टम्पो ४ वटा, साईकल, अटो रिक्सा ३१ र अन्य ४४ वटा सवारी साधन गरि ४५४ वटा सवारी साधन दुर्घटनामा संलग्न पाइएको प्रवक्ता मल्लले बताए । दशैं तिहार बीचको एक महिनाको अवधिमा ३६७ सवारी दुर्घटना भएको भएपनि त्यही दुर्घटनामा कतै दुई तीन वटा गाडि संगै दुर्घटना हुँदा त्यो संख्या ४५४ वटा पुगेको मल्लले बताए ।

५ नं. प्रदेश प्रहरी प्रवक्ता मल्लका अनुसार बेलुका ६ देखि राति १२ को समयमा बढी सवारी दुर्घटनामा परेका छन् । दशैं तिहारको बीचमा भएका दुर्घटना मध्य सबैभन्दा धेरै बाँके जिल्लामा त्यसपछि क्रमश कपिलबस्तु, दाङ र रुपन्देहीमा बढी दुर्घटना भएको मल्लले बताए । प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग मै बढी दुर्घटना भएको पाइएको छ । ‘ड्रिङ्स ड्राईभले हुनुपर्छ सबै भन्दा बढी दुर्घटना बेलुका ६ बजेदेखि राति १२ बजेको बीचमा नै भएको हामीले पायौं।’ प्रवक्ता मल्लले भने ।

दशैं तिहारको बीचमा नियम विपरित सवारी साधन चलाउने १७ हजार ३६२ साधन कारवाहीमा पर्दा उनीहरु बाट १ करोड १० लाख ७ हजार रुपैंया राजश्व संकलन भएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *