२०८१ असोज २९ गते मङ्गलवार

कोहलपुरका डिएसपी शाहीको ज्याजती– भोजखान भन्दै खसी मागेको प्रमाण फेला (अडियोसहित)


दाङ,कात्तिक १५ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं डिएसपी हेमबहादुर शाहीले नेपाल तरुणदल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासंग खसी मागेको प्रमाण फरककोणले फेला परेको छ । तरुण कोषाध्यक्ष खड्का संग दशैंको समयमा इप्रका कोहलपुरका मुद्दा फाँटका सई सुरेन्द्र पन्तले सुरुमा कुरा गरेर अन्तिममा डिएसपी शाहीलाई फोन दिएपछि उनले दशैं मनाउन खसी मागेको स्पष्ट भएको छ । तर डिएसपी शाहीले मागेको खसी तरुण कोषाध्यक्ष खड्काले प्रहरीलाई दिएनन् ।

डिएसपी शाहीले त्यसको केही दिनपछि तरुण दलका बाँके कोषाध्यक्ष खड्कालाई आफ्नो सुरुवा गराउन लागेको भन्दै दुष्मनी बढेको र सचेत रहन चेतावनी पनि दिएका छन् । त्यही रिसिवी साँध्न बिहीवार बेलुका नेपाल तरुण दलले नेपालगन्ज उपमहानगरपालिकाका नगरसभापति संदिपजंग शाहसहितका युवाहरुलाई डिएसपी शाहीले आफै हतियार राखेर झुट्टा मुद्दामा फसाउन खोजेको आरोप तरुण कोषाध्यक्ष खड्काले लगाएका छन् ।

कोषाध्यक्ष खड्काले डिएसपी शाहीले आफुहरु संग पटक÷पटक खसी र रक्सी मागेर सताउने गरेको तथा त्यो नदिएका कारण रिसिवी साँध्न आफ्नै हतियार राखेर फसाउन खोजेको दाबी गरे । जिल्ला कोषाध्यक्ष खड्का अनमोल एनके कन्ट्रकसन प्रालीका प्रोप्राईटर हुन भने पक्राउ गरिएका सन्दिपजंग शाह जयमा बागेश्वरी निर्माण सेवाका प्रोप्राईटर हुन ।

खड्का र शाहले मिलेर बाँकेमा विभिन्न निर्माणका कामहरु गर्दै आएका छन् । डिएसपी शाहीले मदिरा र खसी घुस मागेर सताउने गर्दै आएको तथा त्यो नदिएपछि आफुहरुलाई फसाउन आफ्नै पेस्तोल गाडि भित्र राखेर झुट्टा मुद्दा लगाउन खोजको भन्दै जिल्ला कोषाध्यक्ष खड्काले निष्पक्ष छानविनको माग गरेका छन् । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले पनि विज्ञप्ती मार्फत बरामद हतियारको फिङगर प्रिन्ट चेकजाँच गर्न तथा दोसी डिएसपी शाहीलाई कारवाही गर्न माग गरेका छन् ।

यो विषयमा बुझ्नको लागि पटक÷पटक फोन सम्पर्क गर्दा डिएसी शाही भने सम्पर्कमा आउन चाहेनन् ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
  1. Pratap कुमार says:

    हावा दारी,,पश्चिम तिरको व्यक्ति हरू दाजु दाजु भनेर कुरा गरि राको छ,, राम्रै बर्तालाब भाको छ.. मुलाले अलि नजिक भए पछि..पुलिसको धाक दिन थाल्यो होला,, दाजुको नाम बाट फाइदा लिन खोज्यो होला.. अनि दाजुलाई रिस उठ्यो होला.. जी भन्यो ठिक भन्यो पुलिसले थर्काएर खसी ले भनेको हैन रहेछ चिनजान कै आधार मा मागेको रहेछ.. घरको लागि हैन सबै प्रहरीले रमाइलो गर्न लाई रहेछ… यस्ता मुला झिना मसिनाले call record गर्यो भन्दैमा नेपाल प्रहरीले डराउनु पर्दैन.. प्रहरीले जे भन्यो ठिक भन्यो.. बरु प्रहरीलाई सरुवा गरिदिन्छु भन्नेलाई कार्भाही गर्नु पर्छ.. सरुवा गर्दिन्छु भन्दै प्रहरीको मनोबल गिराउन खोज्नेलाई हदै सम्मको कारबाहि होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *