२०८१ साउन ६ गते आइतवार

प्रहरीले आफैं हतियार राखेर बाँकेमा तरुण नेतालाई फसाउन खोजेको आरोप

दाङ,कात्तिक १५ नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले नेपालगन्ज उपमहानगरपालिकाका नगरसभापति  संदिपजंगशाहलाई प्रहरीले आफै हतियार राखेर झुट्टा मुद्दामा फसाउन खोजेको आरोप लगाएको

नेपालगञ्जको वडा नं. १३ रामबाघ निवासी ३२ बर्षीय शाहसहित थप जनालाई प्रहरीले बिहीवार बेलुका साढे बजेतिर नेपालगञ्ज२० नमस्ते भिलेज रिसोर्टबाट बेलुका पक्राउ गरेको थियो उनीहरुले भित्र खाजा खाँदा बाहिर पार्किङ गरेर राखेको शाहको बा १८ ४२११ को कारको सिटमुनी पेस्तोल बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा डिएसपी हेम शाहीले बताएका छन् तर त्यसलाई नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले अस्विकार गरेका छन्

डिएसपी शाहीका अनुसार पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामबाघ बस्ने बर्ष ३२ को संदिपजंगशाह, दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, जय बहादुर बुढा प्रितम थापा  मगर रहेको  छन्

रिसोर्टमा पार्किङ गरिएका चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको म्याग्जीनसहितकोअटोमेटिक पेस्तोल समेत बरामद गरेको प्रहरी नायब उपरिक्षक शाहीले दाबी गरेका छन् सोही आरोपमा उनले तरुण नेताहरुलाई पक्राउगरेर अनुसन्धान गरिरहेको समयमा नेपाल तरुणदलले प्रहरीले गतलकुरा गरेको जिकिर गरेको

केन्द्रीय अध्यक्ष बस्नेतले शुक्रवार  विज्ञप्ती प्रकासित गर्दै प्रहरीले झुट्टा बाहना बनाई आफ्ना युवाहरुलाई पक्राउ गरि आतंक सृजना गर्नखोजेको दाबी गरेका छन् आफ्ना कार्यकर्ता पक्राउ गरिएको घटनाको भत्सर्ना गर्दै अध्यष बस्नेतले बरामद हतियारको फिङगर प्रिन्टचेकजाँच गर्न मागपनि गरेका छन् उनले तरुण दलको धैर्यतालाई वेवास्ता नगर्न चेतावनीपनि दिएका छन्

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *