दाङ,कात्तिक ९ । रोल्पाका १७ बर्षीय युवा सनी विश्वकर्माले ‘आईएमई लोकस्टार’को उपाधि जितेका छन्। पहिलो संस्करणको उपाधि जिते संगै सनीको चर्चा चुलिएको छ । उपाधिसँगै सनीले नगद ५० लाख रूपैंया नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा प्राप्त गरेका छन् ।
शुक्रबार साँझ प्रदर्शनी मार्ग्स्थित भृकुटीमण्डपमा भएको ग्र्याण्ड फिनालेमा सनीले चेतन गोतामे, विनोद दनुवार र रामकुमार नेपाली पछिपार्दै उपाधि जितेका हुन्।
त्यसैगरी प्रतियोगितामा रनरअप बनेका चेतन गोतामेले २५ लाख रुपैंया नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पाएका छन्।
सेकेण्ड रनर अप घोषित भएका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार प्राप्त गर्न सफल भएका छन् । त्यस्तै प्रतियोगिताको पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जित्न सफल भएका छन् ।