२०८१ असोज २९ गते मङ्गलवार

नेकपाले ३ जनाको नाम सिफारिस गर्यो


दाङ,कात्तिक ७ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तासिन दल नेकपा प्रदेश कमिटीले संभावित ३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा रिक्त रहेको प्रदेशसभा सदस्य पदको लागि बिहीवार प्रदेश कमिटीले ३ जना संभावित उम्मेदवारको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएका नाम मध्य सबै नाम पूर्व नेकपा एमाले बाटै परेका छन् । जसमा शोभाराम बस्नेत, चूर्णबहादुर वली र विमला वलीको नाम सिफारिस गरिएको छ।

पूर्व नेकपा भित्र शोभाराम बस्नेत एकजना संस्थापक नेता हुन । उनी हालसम्म कुनैपनि लाभको पदमा पुगेका छैनन् । चूर्णबहादुर वली हालका निर्वाचन क्षेत्र नं. ३ (२)का नेकपा संयोजक हुन ।

उनको पनि पार्टीमा लामो योगदान छ । त्यस्तै विमला वली स्वर्गीय उत्तरकुमार वलीको पत्नि हुन । जस्को गत माघमा कार दुर्घटना पछि उपचारका क्रममा मृत्यु भएको थियो । वलीको मृत्यु पछि रिक्त रहेको स्थानमा उप निर्वाचन हुन लागेको छ । सिफारिस गरिएका नाम अव जिल्लामा पठाइने भएको छ । जिल्लाले केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *