२०८१ साउन ६ गते आइतवार

उपभोक्ता अधिकार ख्याल गर्न आग्रह


तुलसीपुर, कार्तिक ७ । चाडपर्वमा उपभोक्ता अधिकारलाई विशेष ध्यान दिन तुलसिपुर उधोग बाणिज्य सङघले व्यवसायिहरुमा आग्रह गरेको छ । बिहीवार बिहानको नियमित बैठकमा चाडपर्व नजिकिँदै जादा बजारमा कुनैपनि दैनिक उपभोग्य सामानहरुको अभाब हुन नदिन पनि ब्यबसायिहरुलाई अनुरोध गरेको छ ।

बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले चाडपर्वमा पेट्रोलियम पदार्थको अभाब हुने गरेको भन्दै तत्काल स्थानीय सरकार र सरोकारवालालाई सचेत तुल्याएको छ ।चाड पर्वको समयमा बजारमा उपभोक्त तथा देउली भैलो खेल्नेहरुको भिड हुने हुँदा शान्ति सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।

बैठकमा बोल्ने बक्ताहरुले स्थानीय सरकारले सम्भाब्यता अध्ययन नै नगरी हचुवाको भरमा आवश्यक भन्दा धेरै कर लगाएको भन्दै उपमहानगरपालिकालाई तत्काल निर्णय सच्याउन अनुरोध पनि गरेको छ । बैठकमा तुलसीपुर उधोग बाणिज्य संघले निर्माण गर्न लागेको सभाहललाई सङघका सल्लाहकार नारायण खनालले एक लाख एक हजार रुपैंया सहयोग गर्ने घोषणा गरेका छन् । निर्माणाधीन सभाहलको काम ७५ प्रतिसत सकिएको छ ।

बैठकले संघका महासचिव रुपबहादुर खत्री सहयोगी बचत सस्थाको अध्यक्षमा निर्बाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।
बैठकमा वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, यसअघिका अध्यक्ष बिमल रिजाल ,सल्लाहकारहरु सुरेश हमाल,नारायण खनाल,बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *