Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


राप्तीमा एकै साथ फुटवल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगीता सुरु



तिर्थराज ज्ञवाली,
देउखुरी दाङ, कार्तिक ६ ।राप्ती गाउँपालिका वडा नं. १ मा फूटवल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । खेलको पाखापानी क्रिकेट मैदानमा उद्घाटन गरिएको हो । राप्ती गाउँपालिकाका युवाहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगीताको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गरेका हुन ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाल राट्रिय माध्यामिक विद्यालयको खेल मैदानमा फुटवल, पाखापानी खेल मैदानमा क्रिकेट र पुल्चोकको शिव मन्दिर परिशरको कोर्टमा ब्याडमिन्टन खेल हुने भएको छ । वडा नं. १ मा आयोजित फूटवल प्रतियोगितामा ७ टिम रहेका छन् भने क्रिकेट प्रतियोगीतामा पनि ७ टिम नै रहेका छन् । त्यस्तै ब्याटमिन्टन प्रतियोगितामा भने ९ टिमले प्रतिपर्धा गर्ने भएका छन् ।

वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा खेलको उद्घाटन भएको हो । आगामी दिनमा भलिवल र कराँते खेलको प्रतियोगिता पनि आयोजना गरिने जानकारी दिइएको छ । विजयी टिमलाई नगद, प्रमाणपत्र र शिल्डले पुरस्कृत गर्ने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal