दाङ,कात्तिक ५ । सरकारद्धारा प्रतिवन्धित समुहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकारसंग वार्ताको लागि दुई वटा सर्त अगाडि सारेका छन् ।विप्लवले एक विज्ञप्ति जारी गर्दै प्रतिवन्ध हटाउनु पर्ने र पक्राउ परेका आफ्नै सबै नेता कार्यकर्तालाई विनासर्त रिहाईको माग गरेका छन् ।
यसअघि सरकारले षडन्त्र मुलक ढंगले वार्तालाई हतियार बनाएको आशय व्यक्त गर्दै विप्वले इमान्दारीसाथ पहल गरे वार्ताको लागि आफु तयार रहेको स्पष्ट पारेका छन् ।
गत असोजमा पश्चिम नेपालको अज्ञातस्थलमा भएको भनिएको केन्द्रीय समितिको आठौं बैठक पछि १२ बुँदेमा जारी गरेको विज्ञप्तिको बुँदा नं. ४ मा महासचिव विप्लवले सो कुरा उल्लेख गरेका छन् ।
‘सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन् ।
दाङको राजपुर गाउँपालिका वडा नं. ४ मगराइना भन्ने स्थानमा भएको विप्लवलको राप्ती ब्यूरोको बैठक र त्यहाँवाट २१ जना पक्राउ परे लगतै महासचिव विप्लवको नामबाट विज्ञप्ति सार्वजनिक भएपछि यस्लाई राजनीतिक बृतमा निकै महत्वका साथ हेरिएको छ ।