२०८१ असोज २५ गते शुक्रवार

देव बैंक घोटाला प्रकरण – ५६ जना विरुद्ध उजुरी, १३ जनालाई अभियोग पत्रका साथ अदालत पेश (भिडियोसहित)

दाङ,कात्तिक ३ ।देव बैंकमा भएको १८ करोड बढी रकम हिनाहिना प्रकरणमा सरकारी वकिलको कार्यालयले ५६ जना प्रतिवादी विरुद्ध अदालतमा वयान पेश गरेको छ । आइतवार उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा १३ जना प्रतिवादीलाई अभियोग पत्रका साथ पेश गरिएको हो ।

प्रहरीले पक्राउ परेका मध्य १३ जनालाई झन्डै ६० दिन थुनामा राखेर अनुसन्धान गरि पछि आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । उच्च अदालत तुलसीपुरका सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए ।

आइतवार पहिलो पटक अदालत पेश गरिएका उनीहरुको वयान सक्न संभव नभएपछि सोमवारदेखि फेरि वयान गर्ने गरि उनीहरु सबैलाई प्रहरी हिरासतमा राखिएको उच्च अदाचलत तुलसीपुरका उपरजिष्ट्रार खड्काले बताए ।

घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा स्थित तत्कालिन बैष्टर्न बैंक तथा हालको देव विकास बैंकबाट १८ करोड ३ लाख बढी रकम हिनामिना गरेको देखिएको छ । एउटै व्यक्तिले ४÷५ करोड सम्मको रकम हिनामिना गरेको अभियोग पत्र अदालतमा दर्ता भएको छ ।

राष्ट्र बैँक,सिआईबी र जिप्रका दाङले घोटाला प्रकरणको अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा सिईओ, बैँक सञ्चालकको खाता नै रोक्का गरिएको थियो । वयान लिन झन्डै एक हप्ताजति समय लाग्ने भएको हुँदा थुन छेकको काम अर्कौ हप्तादेखि मात्रै हुन सक्ने अनुमान सूचना अधिकारी खड्काले गरे ।

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *